अञ्जनालाई स्मार्ट टाउनको सम्मान

पोखरा । अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकी अञ्जना केसीलाई लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले सम्मान गरेको छ । शारीरिक अपांगता भएर पनि मानव अधिकार तथा सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेकी केसीलाई स्मार्ट टाउनले आइतबार ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रभा कोइराला, क्लबका अध्यक्ष कविता श्रेष्ठ लगायतले केसीलाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले महिला अधिकारलाई स्थापित गर्न सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने बताइन् । सम्मानले आफूलाई थप हौसला प्रदान गरेको सम्मानित केसीले धारणा राखिन् ।

footwear zone

भयरस्थान टोल विकास संस्था र नेपाल आदर्श महिला समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख शिवराज आचार्य, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, सिर्जनशील महिला समूहका अध्यक्ष कल्पना गौतम लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम माथि प्रकाश प्रथम उपाध्यक्ष लक्ष्मी शर्माले, सम्मानित व्यक्तिको परिचय कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष निलम कर्माचार्यले, धन्यवाद मन्तव्य भयरस्थान टोल विकास संस्थाका अध्यक्ष लोकनाथ भण्डारीले र स्वागत मन्तव्य नेपाल आदर्श महिला समूहका अध्यक्ष गीता रिमालले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव पवित्रा शर्माले गरेकी थिइन् ।

You might also like

Comments are closed.