अटोमेकानिकल वक्र्स एसोसियसनको आयोजनामा रक्तदान, ८८ युनिट रगत संकलन

पोखरा । गण्डकी अटोमेकानिकल वक्र्स ए एसोसियसनको २७ औं वार्षिकोत्सवको अवसरमा गरिएको रत्तदान कार्यक्रममा ८८ जनाले रत्तदान गरेका छन् ।

कोरोना महामारीबीच एसोसियसनका सदस्यहरुको वृहत उपस्थितिमा भएको हो । पहिलो रक्तदाता ऋषिकुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान अभियान्ता इच्छामान बुद्धाचार्यले कार्यक्रमको शुरुवात गरेका हुन् । आफु लगायत ७ जनाबाट पोखरामा रत्तदान शुरुवात गर्दा धेरै सामाजिक समस्याहरु व्यर्होनुपरेकोमा आज धेरै सघ–संस्थाहरुले नियमित रक्तदान गर्दा आफुलाई गर्व लागेको बुद्धाचार्यले बताए ।

सोही कार्यक्रममा ६४ पटक रत्तदान गर्ने एशोसियसनका सल्लाहकार कृष्ण थापालाई रत्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो ।

footwear zone

कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाईल डिर्लस एशोसियसनका अध्यक्ष चन्द्र कुवँर, ट्यूव टायर मर्मत एसोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुल बहादुर नेपालीले वक्र्स व्यवसाय संचालनमा सरकारले वेवास्ता गरेकोले व्यवस्थित गराउन सहयोग गर्नुपर्ने बताए ।

एसोसियसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रत्तसंचार केन्द्रका प्राविधिक महेन्द्र के.सी., वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र,महासचिव पुरुषोत्तम भण्डारी कार्यलय सचिव पार्वती बराल लगायतले संस्थाको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

You might also like

Comments are closed.