अन्तर्राष्ट्रिय बैंकहरु संलग्न पिसिएएफको स्टिअरिङ कमिटिमा एनएमबि बैंक नियुक्त

काठमाडौं । एबीएन एम्रोे, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पार्टनरसिप फर कार्वोन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) को स्टिअरिङ कमिटिमा एनएमबी बैंक नियुक्त भएको छ । नेट जिरो एसेट वेनर एलायन्स (एओए) संगको सहकार्यमा पिसिएएफले आफ्नो सञ्चालक समितिमा बैंकलाई नियुक्त गरेको हो । एओएको एक प्रतिनिधिको रुपमा एनएमबि बैंकलाई समावेश गरी नेतृत्व स्तरमा स्वागत गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । जुन उनीहरूको कर्जा÷लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामंजस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।

कार्वन लेखा वित्तीय साझेदार (पिसिएएफ) कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसंग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ ।

footwear zone

पिसिएएफ द्रुत रुपमा विकसित हुँदैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ । जसको १२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पति पुगेको छ ।

विश्वव्यापी तापक्रम वृद्धिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सबैको लागी महत्वपूर्ण रहेको बताउँछन् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. ।

सेप्टेम्बर २०१६ मा, पीसीएएफको साझेदारी विश्वव्यापी रूपमा शुरू भयो । हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् । पीसीएएफ विभिन्न संस्थाहरूसंग मिलेर काम गर्दछ । उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि ग्लोबल कार्वन एकाउन्टिङ फाइनान्सियल हो । पी.सी.ए.एफ. संस्थाले मौसम–सम्बन्धी जोखिमहरू आँकलन गर्न आवश्यक पहिलो कदम चाल्छ, पेरिस जलवायु सम्झौताको अनुरूप लक्ष्य राख्छ ।

You might also like

Comments are closed.