अन्नपूर्ण र ग्रिन टाउनबीच मितेरी साइनो

पोखरा, २२ चैत । सामाजिक क्षेत्रमा सक्रिय पोखराका दुईवटा क्लबले मितेरी साइनो लगाएका छन् । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले बुधबार एक कार्यक्रमका बीच लायन्स क्लब अफ पोखरा ग्रिन टाउनसँग मितेरी साइनो लगाएको हो ।

मानवीय सेवाका साथसाथै आपसी भाइचारा तथा सम्बन्धको विकास गर्ने उद्देश्यले दुई क्लबका बीच मितेरी साइनो लगाइएको अन्नपूर्णका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, फस्ट भाइस गभर्नर अशोक श्रेष्ठ, रिजन चियरपर्सन बाबुराम गिरी, ग्रिन टाउनका अध्यक्ष लक्ष्मीदेवी गुरुङ लगायतले बोलेका थिए ।

footwear zone

क्लबका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक ध्रुव श्रेष्ठले र धन्यवाद मन्तव्य पूर्व अध्यक्ष यदुनाथ अधिकारीले राखेका थिए । सोही अवसरमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णले डिजी क्लब भिजिट कार्यक्रम समेत सम्पन्न गरेको छ ।

You might also like

Comments are closed.