अब ड्राइभिङ लाइसेन्स बनाउन प्रशिक्षण केन्द्रको प्रमाणपत्र नचाहिने

काठमाडौं – सवारी चालक अनुमति पत्रका लागि आवेदन दिदा अब प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी नचाहिने भएको छ ।

हाल सम्म आवेदन दिदा दरखास्त साथ बुझाउनु पर्ने कागजातहरुमा सवारी चालक प्रशिक्षण केन्द्रको प्रमाणपत्रको प्रतिलिपी बुझाउनु पथ्र्यो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन २०७६ को दफा १२ ले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४८ को उपदफा ९२० मा रहेका ‘र निजले चलाउन चाहेको सवारीको सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी’ भन्ने शब्दहरु झिकेको छ ।

footwear zone

यो नियम आजैबाट लागू भएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

यसका कारण कतिपय ब्यक्तिहरुले सवारी चलाउन जान्दा जान्दै पनि बाध्यात्मक रुपमा प्रशिक्षण केन्द्रको प्रमाणपत्र लिनु पर्ने बाध्यता हटेको छ ।

You might also like

Comments are closed.