अमरसिंह महिला समूहको अध्यक्षमा पोखरेल

पोखरा, २१ असोज । अमरसिंह महिला समूहको अध्यक्षमा पूर्णकला पोखरेल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको उपाध्यक्षमा दुर्गा पौडेल, सचिवमा दिवानी सुवेदी, सहसचिवमा गीता कार्की, कोषाध्यक्षमा गीता केसी, सहकोषाध्यक्षमा सुलोचना थापा चयन भएका छन् । सदस्यहरुमा सरस्वती आचार्य, आरती सापकोटा, मीना कार्की, मधू भुजेल, नारायणी तिमिल्सिना, सुजाता थापा, दुुर्गा पनेरु, माया श्रेष्ठ, उमा तिमिल्सिना, सीता भुजेल, कमला बस्नेत, देउकुमारी गुरुङ, मीना गुरुङ, सबिता बुढाथोकी, सिर्जना थापा छन् ।

footwear zone

उद्घाटन शत्र समूहका अघिल्लो कार्यकालका अध्यक्ष सबिता श्रेष्ठ रञ्जितको अध्यक्षतामा तथा वडा नं. १० का वडा सदस्य निशा मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सेती थापा, युनाइटेड क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, समाज कल्याण समितिका बालकृष्ण शर्मा, डा. यलियामा जोन, माछापुच्छ«े महिला समूहका अध्यक्ष सुशीला श्रेष्ठ, वडा महिला समन्वय समिति वडा नं. १० का निर्मला कार्की भण्डारी, सल्लाहकारहरु शिवलाल उपाध्याय, शिद्धिकुमार श्रेष्ठ, लिलाधर अधिकारी, भरत केसी, फत्तेमान गुरुङ, परशुराम पौडेल, हितमान गुरुङ लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.