अवैध जंगली जडिबुटी सहित एकजना पक्राउ

 

जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले ठूलो मात्रामा अवैध जंगली जडिबुटी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसिशहर नगरपालिका ७ का ३८ बर्षिय सिद्धिमाया तामाङ रहेकी छन् ।

घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।

footwear zone

पक्राउ परेकी घरधनि सिद्धिमाया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा( ४.४ के.जी, वन आलु २.८ के।जी। गरी जम्मा ६९५.१ के।जी बरामद गरेको छ ।

पक्राउ परेकी सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.