अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्नु खुसीको कुरा : लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग बाणिज्य संघले सामुदायिक अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोमा सुखी व्यक्त गरेको छ । संघले शुक्रवार विज्ञप्ती निकालेर सो कुरा बताएको हो ।

जनस्तरबाट मुठी दानदेखी सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी वि स २०६२ सालदेखि संचालनमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको खवरले लेखनाथ उद्योग बाणिज्य संघलाई खुसि लागेको छ विज्ञप्तीमा भनिएको छ ।

पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको सामुदायिक अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरि समग्र गण्डकी प्रदेशका जनतालाई स्वास्थ्य सेवा पु¥याउने जुन उद्देश्य छ त्यसको स्वागत गर्दै आगामी दिनमा पर्ने जुन सुकै सहयोग गर्न पनि लेखनाथ उद्योग बाणिज्य संघ तयार रहेको अध्यक्ष बलराम ढकालले बताए ।

footwear zone

अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश शंक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण भएपछि यसले लक्ष्य अनुसारकै सेवा दिनमा संघ विश्वस्थ रहेको छ ।

साविक लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट समय समयमा भएको पहलका वारेमा यहाँहरुलाई जानकारी भएकै विषय हो । लेखनाथ उद्योग वाणिज्य संघले अगाडी सारेको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई यसले थप सहयोग पु¥याउने र जुन सुकै रोगको उपचारका लागि बाहिर बाहिर धाउनु पर्ने अवस्थाको अन्त्य भई आम जनमानसमा सुखि र खुसीको सन्देश जानेमा संघ विश्वस्थ छ ।

समुदायबाट संचालित अस्पतालको स्वामित्व प्रदेश सरकार मातहतमा जानुले यस क्षेत्रको विकासमा थप सहयोग पुगेको लेखनाथ उद्योग वाणिज्य संघको ठहर छ ।

You might also like

Comments are closed.