काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । आइतबार सुनको मूल्य बढेकोे छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ८ सय रुपैयाँ बढेको होे ।
शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार ९५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँ बढेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ छ ।

शुक्रबार चाँदीको मुल्य प्रतितोला ४० रुपैयाँ बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।




Comments are closed.