काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । साताको पहिलो दिन आइतबार सुनमा प्रतितोला २ सय रुपैयाँ बढेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ मूल्य बढी ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा बजारमा कारोबार भइरहेको छ ।




Comments are closed.