इक्यान कास्कीको आठौं साधारणसभा

आर्थिक आवाज
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आठौं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानका गतिविधि, सरकारी एवं कुटनीतिक नियोगसँग भएका समन्वय र आगामी कार्यदिशाका बारेमा धारणा राखेका थिए ।

footwear zone

इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा आयोजित साधारणसभामा इक्यानका निबर्तमान अध्यक्ष प्रकाश पाण्डे, इक्यानका महासचिव एवं प्रवक्ता शेषराज भट्टराई, केन्द्रीय सदस्य कर्णबहादुर गुरुङ, बासुदेव दाहाल, इक्यान कास्कीका निबर्तमान अध्यक्ष मीलन तिवारी, सल्लाहकार समितिका अध्यक्ष रमेशकुमार थापा लगायतले बोलेका थिए ।

इक्यान कास्कीका उपाध्यक्ष सन्दीप अर्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए । सचिव अर्यालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष ओम प्रकाश गैह्रेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

You might also like

Comments are closed.