ईप्लानेट अस्ट्रेलियन युनिभर्सिटिज एड्मिसन डेमा २ सय १३ जना विद्यार्थी

आर्थिक आवाज
पोखरा, १७ मंसिर । बिगत १४ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको एजुकेशन प्लानेट पोखरा शाखाले आइतबार अस्ट्रेलियन युनिभर्सिटिज एसेसमेन्ट डे सम्पन्न गरेको छ । चिप्लेढुङगाको सेलवेज टावरस्थित आफ्नै कार्यालयमा सम्पन्न भएको एप्लिकेसन डेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले समय सुहाउँदो वैदेशिक शिक्षा लिनका लागि धेरै नेपाली विद्यार्थीहरु अस्ट्रेलिया जाने गरेको र यस्ता कार्यक्रमले नेपाली विद्यार्थीलाई धेरै कुराको जानकारी दिने धारणा राखे ।

सही परामर्शको अभावमा धेरै विद्याथीहरुले अस्ट्रेलिया पुगेर दुःख पाइरहेको अवस्थामा स्वदेशमै सबै कुरा बुझ्न यस्ता खाले कार्यक्रम फलदायी हुने उनले बताए । अष्ट्रेलियाका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष सहभागितामा सम्पन्न एप्लिकेसन डेमा २ सय १३ जना विद्यार्थी सहभागी भएको ईप्लानेट पोखरा संस्थापक निर्देशक टि.एन. शर्माले जानकारी दिए ।

अस्ट्रेलिया पढ्न जान चाहने प्लस टु, व्याचलर तथा मास्टर्स सकेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको एप्लिकेसन डे सोचे भन्दा पनि सफल भएको शर्माले बताए । विद्यार्थीले अस्ट्रेलियाका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु मार्फत आफू जान चाहेको देश, कोर्स, लाग्ने शुल्क, लोकेशन, शिक्षा प्रणाली, भिजा प्रोसेसिङ लगायतका कुराहरु जानकारी लिएका थिए ।

footwear zone

अस्ट्रेलियन एडुकेशनसँग सम्वन्धित सही सूचना विद्यार्थी तथा अभिभावकलाई प्रदान गर्न तथा उनीहरुको सामथ्र्य अनुसार स्थान, कलेज, कोर्स लगायत अन्य कुराहरुको जानकारी दिन अस्ट्रेलियन एप्लिकेसन डे आयोजना गरिएको सिनियर काउन्सिलर भिजन सुवेदीले बताए ।

फेयरमा सहभागी विद्यार्थीलाई स्पट स्कलरशिप तथा गिफ्ट ह्याम्परको समेत प्रदान गरिएको अपरेशन हेड जमुना सुवेदीले जानकारी दिइन् । काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा, चितवन, वुटवल तथा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ र एडिलेटमा शाखा स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.