उपकार रेसिडेन्सीद्वारा खाद्यान्न सहयोग

पोखरा । ज्याला मजदुर गरी जीविकोपार्जन गर्ने ७ घर परिवारलाई उपकार रेसिडेन्सी पोखरा १२ लालिगुराँस टोलले खाद्यान्न सहयोग गरेको छ । टोलका अध्यक्ष दुर्गाबहादुर थापाको सक्रियतामा बिहीबार राहत वितरण गरिएको हो ।

पोखरा १२ का वडा सदस्य निर्मलबहादुर थापाले उनीहरुलाई राहत वितरण गरे । प्रतिपरिवार एक बोरा चामल, दाल २ केजी, तेल २ लिटर, नुन १ पोका, चिनी १ केजी, विस्कुट १ पोका सहयोग गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

footwear zone

रेसिडेन्सीमा बसोबास गर्ने निर्माण व्यवसायी रिम बहादुर क्षत्री, कन्सल्टेन्सी व्यवसायी पूर्णबहादुर थापा मगर, अटो व्यवसायी गोपाल बहादुर ठकुरी, गृहिणी शान्ति गुरुङ, समाजसेवी सुमन गुरुङको पनि राहत वितरणमा उपस्थिति थियो ।

You might also like

Comments are closed.