एक्सेस एजुकेसनले ‘युके इन्फरमेशन सेसन’ गर्ने

पोखरा । एक्सेस एजुकेसन नेटवर्कको आयोजनामा मंसिर १ गते आइतबार युके इन्फरमेसन सेसन हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सञ्चालक राजन भण्डारीले जानकारी दिए ।

एक्सेसको कार्यालय सिद्धार्थचोकस्थित रुपाकोट कम्प्लेक्समा कार्यक्रम हुनेछ । कार्यक्रम बिहान १० बजेदेखि दिउसो २ बजेसम्म चल्ने भण्डारीले जानकारी दिए । इन्फरमेसन सेसनमा युकेका युनिभर्सिटी अफ ल, युनिभर्सिटी अफ वेस्ट लण्डन, युनिभर्सिटी अफ बेड फोर्ड सायर, युनिभर्सिटी अफ साउथ वेल्स, युनिभर्सिटी अफ सण्डरल्याण्ड, युनिभर्सिटी अफ ओरचेस्टर, युनिभर्सिटी अफि हडर्सफिल्डका प्रतिनिधि सहभागी हुनेछन् ।

युकेमा उच्च शिक्षा अध्ययनका लागि जाँदा ध्यान दिनुपर्ने कुराहरु, युकेको शिक्षाका विशेषता लगायत विद्यार्थीलाई आवश्यक पर्ने जानकारी कार्यक्रममा प्रदान गरिने भण्डारीले जानकारी दिए । युकेमा अध्ययन पश्चात २ वर्षका लागि रोजगारीको अवसर समेत प्रदान गरिने भएकाले उच्च शिक्षा अध्ययन गर्न युके जान चाहनेहरुको संख्या बढेको छ । इन्फरमेसन सेसनमा सहभागी विद्यार्थीलाई विशेष उपहार प्रदान गरिने भण्डारीले जानकारी दिए ।

footwear zone

विगत १४ वर्षदेखि सञ्चालित एक्सेसले युकेसहित न्युजिल्याण्ड, अष्ट्रेलिया र क्यानडाका लागि पनि काम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.