एनएमवि लघुवित्तद्वारा आर्थिक सहयोग हस्तान्तरण

पोखरा । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गीय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फबाट ९ लाख २५ हजार ४ सय १६ रुपैयाँ मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो ।

५ लाख पचास हजार रुपैयाँ संस्थाको तर्फबाट र संस्थामा कार्यरत कर्मचारीको तर्फबाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरे ।

एनएमबि लघुवित्त वित्तीय संस्थाको गोपेटार शाखा पाँचथरमा प्रशिक्षार्थी सहायक पदमा कार्यरत कर्मचारी सुजाता तामाङको सोहि स्थानको सिटे खोल्सिमा २०७६÷०३÷०३ मा निर्ममतापुर्वक हत्या भएको थियो ।

footwear zone

हिलिहाङ गाउँपालिकाको तर्फबाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फबाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थाबाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैयाँ समेत मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेन, विशिष्ट अतिथि एनएमवि लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्र, गाउँपालिकाका प्रशासकीय अधिकृत प्रविन दहाल, उद्योग वाणिज्य संघका सदस्य तथा ब्यापार ब्यवसाय संघका अध्यक्ष प्रहलाद खरेल, गोपेटार प्रहरी कार्यालयका प्रमुख शान्ताराज पौडेल, शेर्पा संघका अध्यक्ष नुपुक शेर्पा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.