ऐतिहासिक महत्व बोकेको भुजुङ्गे शिव मन्दिर स्तरउन्नति

धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ : स्थानीय

स्याङ्जा । लकडाउन तथा कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिबीच स्याङजाका युवाहरुले उदाहरणीय कार्य गरेका छन् । स्याङजाको आँधिखोला गाउँपालिका ६ टिकाजामा अवस्थित भुजुङ्गे शिव मन्दिरलाई स्थानीय युवाहरुको सक्रियतामा स्तरोन्नति गरिएको छ ।

लकडाउनमा अधिकांश युवा तथा स्थानीयहरु गाउँमा रहेको अबस्थामा धार्मिक तथा पर्यटकीय स्थानमा रहेको भुजुङगे शिव मन्दिरको स्तरउन्नति गरिएको स्थानीय रमेश अधिकारीले जानकारी दिए । ‘एतिहासिक तथा धार्मिक सम्पदाहरु बचाउनु हाम्रो दायित्व भित्रै पर्दछ भन्ने अभिप्रायका साथ हामीले काम गरेका हौं,’ उनले भने, ‘मन्दिर जिर्ण भएकाले निर्माण समिति गठन गरेर स्तर उन्नतिको काम अगाडि बढाएका हौं ।’

अर्जुन ढकाल अध्यक्ष र नरेन्द्र ढकाल, रमेश अधिकारी, जीवन ढकाल अनुरागी, दीनेश ढकाल, स्थानीय युवा क्लबका अध्यक्ष राजु ढकाल, चण्डीमाई आमा समूहका अध्यक्ष ज्ञानुमाया ढकाल सदस्य रहने गरी ७ सदस्यीय निर्माण समिति बनाएर मन्दिर पुनर्निर्माण भइरहेको छ।

footwear zone

स्थानीय स्तरबाट नै आर्थिक संकलन गरी मन्दिर पुनर्निर्माण भइरहेको अध्यक्ष ढकालले बताए । ‘पत्नी वियोगको पीडामा रहेका बेला शिव भगवानले भुजुङगे भन्ने ठाउँमा रहेको तलाउमा पानी पिएको किम्बदन्ती छ,’ उनले भने । २०५२ साल मन्दिर स्थापना भयपछि यो मन्दिर नियमित पुजा आजा गरिदै आयको छ । मन्दिरको प्रचारप्रसार गरी धार्मिक महत्व बुझाउन सके यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयहरु बताउँछन् ।

You might also like

Comments are closed.