कंगारु एजुकेशन १२ औं वर्षमा

पोखरा, १७ बैशाख

अष्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका, क्यानडा लगायतका देशमा वैदशिक शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श दिदै आएको कंगारु एजुकेशन फाउण्डेशन १२ औँ वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाण्डौको प्राङगणमा रक्तदान कार्यक्रम गरेको बताइएको छ ।

संस्थाका कर्मचारी विद्यार्थीहरु र शुभेच्छुकहरु सहित गरि २० जनाले रक्तदान गरेको कंगारु एजुकेशन फाउण्डेशन संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

footwear zone

वार्षिकोत्सवकै अवसरमा संस्थाले काठमाण्डौँ गहनापोखरी नक्साल स्थित हार्ट बिट संस्थाका ३० जना विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको बताइएको छ । कंगारुको “भविष्य उज्जवल छ” अभियान अन्तर्गत यो शैक्षिक सामाग्री वितरण गरिएको र भविष्यमा पनि यस किसिमका सामाजिक कार्यहरु नियमित गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेश बाबु तिमल्सिनाले बताए ।

You might also like

Comments are closed.