कर्मचारीले स्थायी सरकारको भूमिका निर्वाह गर्नुपर्नेः प्रा.डा. क्षेत्री

पोखरा, २ बैशाख

कर्मचारी भने देशका स्थायी सरकार हुन्, उनिहरुले नै जनताको सेवा इमान्दारीता पुर्वक गर्नुपर्ने इतिहासविद् प्रा.डा.दिलबहादुर क्षेत्रीले वताएका छन् ।पृथ्वीनारायण क्याम्पस पोखराका पुर्वप्रमुख प्रा. डा. क्षेत्रीले कस्केली अधिकृत समाज कास्कीको आयोजनामा आईतबार सम्पन्न नयाँबर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणमा सो कुरा बताएका हुन् ।

सरकारी कर्मचारीहरु भनेका नेताहरुका पनि गुरु हुन् नेताहरुलाई प्रशासनिक कुरा थाहा भए पनि कर्मचारीलाई जति ज्ञान नहुन सक्छ, उनले भने । त्यसैले जनताको हितमा हुने काम गर्दा कर्मचारीहरुले आफ्नो दक्षता र क्षमताद्धारा नेताहरुलाई आवश्यक सरसल्लाह दिनुपर्ने वताए ।

footwear zone

हरेकवर्ष नयाँवर्षको अवसरमा शुभकामना कार्यक्रमका साथमा केहि स्वाथ्य सम्बन्धि जनचेतना प्रशिक्षण दिदैं मनाएकोमा यस वर्ष मधुमेह तथा थायराइड रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष दुर्गाबहादुर शाह बाबा ले वताए । एक सदस्यले अर्का सदस्यहरुलाई पुष्पगुच्छा प्रदान गरी नयाँ तरिकाले नयाँवर्षको शुभकामना आदान प्रदान गरी कार्यक्रम मनाईएको सचिव लोकनाथ दवाडीले वताए । स्वास्थ सम्बन्धि प्रशिक्षण समाजका आजीवन सदस्य एवं मधुमेह तथा थायराइड रोग विषेशज्ञ डा. मनोज कोइरालाले प्रदान गरेका थिए ।

कस्केली अधिकृत समाजको विशेषता, सकरात्मक सहकार्य र भावनात्मक एकता’ भन्ने मुल नारा लिई २०६२ सालमा स्थापना भएको कस्केली अधिकृत समाजमा हाल कास्की जिल्लामा घरबास भई नेपाल सरकारको स्वामित्वमा रहेका संस्था वा नेपाल सरकारको अधिकृत स्तरिय ४ सय भन्दा वढि कर्मचारी आबद्ध छन् ।

सो अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल जनसेवाश्री पदकद्धारा विभुषीत भएका समाजका आजीवन सदस्यहरु महेशप्रसाद पौडेल, विष्णुप्रसाद खनाल र मोहनबहादुर थापालाई बधाई तथा शुभकामना पत्रद्धारा सम्मान व्यक्त गरिएको थियो।

सम्मानितहरुको तर्फबाट वोल्दै महेशप्रसाद पौडेलले समाजको सम्मानले जनताको सेवामा सर्मपित हुन हौसला तथा प्रेरणा मिल्ने वताए । समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले र संचालन सचिव लोकनाथ दवाडीले गरेका थिए ।

You might also like

Comments are closed.