कास्कीको नयाँपुलमा सुविधा सम्पन्न ‘ग्रिन ल्याण्ड रिसोर्ट’ सञ्चालनको तयारी

कास्की । कास्कीको नयाँपुलमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी लोकराज पौडेलले ग्रिन ल्याण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

केही महिनाभित्रै १० वटा डिलक्स कोठाबाट सेवा सञ्चालन हुने पौडेलले बताए । ‘बिस्तारै ३० वटा रुम सञ्चालनमा ल्याउनेछौं,’ उनले भने । होटलसँगै नयाँ पुल अर्गानिक चुलो एण्ड क्याफे पनि सञ्चालन हुनेछ । रेष्टुरेन्ट ५० जना क्षमताको हुने बताइएको छ । सेमिनार हल, स्विमिङ पुलको समेत सुविधा उपलब्ध हुने पौडेलले जानकारी दिए । होटलसँगै कफी सप भने सञ्चालनमा आइसकेको छ ।

footwear zone

मोदी गंगा ग्रुप अफ कम्पनिज अन्तर्गत रिसोर्ट सञ्चालन हुन लागेको हो । कम्पनीले यस अगाडि २ वर्ष अगाडिबाट पेट्रोलपम्प समेत सञ्चालनमा ल्याइसकेको छ । मोदी गंगा आयल स्टोर्स कम्पनी प्रा.लि. गण्डकी प्रदेशकै नमुना पेट्रोलपम्प हो । ग्रुप अन्तर्गत सलिजा सपिङ सेन्टर र अन्नपूर्ण हार्डवेयर एण्ड सप्लायर्स सञ्चालनमा छन् । रिसोर्टसहित ग्रुप अन्तर्गतका प्रोजेक्टहरुमा १० करोड रुपैयाँ लगानी भइसकेको बताइएको छ ।

रिसोर्ट सम्पन्न हुँदासम्म करिब १५ करोड रुपैयाँ लगानी हुने पौडेलले जानकारी दिए । १० रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको हो । रिसोर्ट सुरु हुँदासम्म करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । नयाँ पुल विश्व प्रशिद्ध ट्रेकिङ रुटको प्रस्थान विन्दु हो । घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, पुनहिल लगायतका प्रशिद्ध ट्रेकिङ रुट यहीँबाट सुरु हुन्छ ।

मोदी गंगा ग्रुप अफ कम्पनिज अन्तर्गत हालसम्म मोदी गंगा आयल स्टोर्स, मोदी गंगा कन्स्ट्रक्सन, हिमचुली रियलस्टेट, ग्रिन ल्याण्ड रिसोर्ट, कफी बगान, सलिजा सपिङ सेन्टर, नयाँपुल अर्गानिक चुल्हो एण्ड क्याफे, समृद्धि बहुउद्देश्यीय कृषि कम्पनी प्रा.लि., अन्नपूर्ण हार्डवयर एण्ड सप्लायर्स, बगान वारिष्टा कफी स्कुल, बगान बेकरी सञ्चालनमा छन् । आगामी दिनमा अन्य व्यवसायमा समेत लगानी विस्तार गर्ने सोच रहेको पौडेल बताउँछन् ।

You might also like

Comments are closed.