पोखरा । कास्की जिल्लामा थप ३ जनामा कोरोना देखिएको छ । शनिबार बिहान पोखराका ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कास्कीको रुपा गाउँ पालिकामा २ जनामा कोरोना पुष्टि भएको छ । रुपाका २३ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
शनिबार पोखरा ८ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कास्कीमा कोरोना संक्रमित ४ जना पुगेका छन् ।






Comments are closed.