कास्की–२ का मतदातालाई मतदाता नामावली सच्याउन आग्रह

पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्की–२ को उप–निर्वाचनका लागि मतदाता नामावली सच्याउन आग्रह गरेको छ । कार्यालयले सोमबार विभिन्न ८ राजनीतिक दलका प्रतिनिधिहरु सँगको छलफलमा कास्की–२ को उप–निर्वाचनका लागि मतदाता नामावली सच्याउन पाइने भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार असोज १ गते कार्यालयहरुमा मतदाता नामावली प्रकाशन गरिने भएको छ । असोज २ गतेदेखि ५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने तथा दोहोरो नाम वा मृत्यू भएको नामावली हटाउनका लागि निवेदन दिन सकिने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

तालिका अनुसार असोज ६ र ७ गते मतदाता नामावली सच्याउन दिइएको निवेदन उपर जाँचबुझ गरी नामावली अद्यावधिक गरेर प्रकाशन गर्ने र सो नामावली असोज १० गतेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

footwear zone

जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन कार्यक्रम संचालनको लागि स्थानीय तहका वडाध्यक्ष वा अध्यक्षको जिम्मेवारी तोकिएको वडा सदस्य संयोजक रहने गरी वडा स्तरीय सहयोग, समन्वय तथा प्रचारप्रसार समिति बनाइने निर्वाचन अधिकारी सुबेदीले बताए ।

कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् भने यहाँ ३२ वटा मतदान स्थल र अद्यावधिक गर्नुपुर्वको कुल मतदाता ७२ हजार २ सय ७८ रहेको सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए

You might also like

Comments are closed.