काठमाडौं । नेपालमा कोरोना महामारी तिव्र रुपमा फैलिरहेको छ । सबैभन्दा बढी राजधानी काठमाडौंमा कोरोनाको त्रास छ ।
प्राय सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण देखिए पनि निको भएर सक्रिय संक्रमित शून्य भएका जिल्ला अहिले २ वटा मात्रै छन् । मनाङ र मुस्ताङमा संक्रमितको संख्या शून्य रहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ५ सय भन्दा माथि संक्रमित उपचाररत रहेका जिल्ला ८ वटा छन् । मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सुर्खेत जिल्लामा ५ सय भन्दा धेरै संक्रमित उपचाररत छन् ।






Comments are closed.