कुन देशमा कति पुगे कोरोना संक्रमित ?

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४९ हजार ९ सय ७४ पुगेको छ । कोरोना संक्रमित मध्ये २ करोड ८३ लाख ६० हजार ३ सय ५ जना निको भएका छन् । संक्रमित मध्ये १० लाख ८१ हजार ४ सय ५३ जनाको मृत्यु भएको तथ्याङक छ ।
कोरोना संक्रमित दर अनुशार अमेरिका, भारत, ब्राजिल, रुस र कोलम्विया उच्च ५ स्थानमा छन् ।

पहिलो स्थानमा रहेको अमेरिकामा ७९ लाख ९१ हजार ९ सय ९८ संक्रमित मध्य २ लाख १९ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने ५१ लाख २८ हजार १ सय ६२ जना निको भएका छन् । दोस्रो स्थानमा रहेको भारतमा ७१ लाख २० हजार ५ सय ३८ संक्रमित मध्य १ लाख ९ हजार १ सय ८४ संक्रमितको मृत्यु भएको छ भने ६१ लाख ४९ हजार ५ सय ३५ जना निको भएका छन् ।

कोरोना संक्रमण दरको आधारमा ब्राजिल तेस्रो स्थानमा छ । ब्राजिलमा ५० लाख ९४ हजार ९ सय ७९ संक्रमितमा १ लाख ५० हजार ५ सय ६ जनाको मृत्यु भएको भने ४४ लाख ७० हजार १ सय ६५ जना निको भएका छन् ।

footwear zone

सवैभन्दा ठुलो देश रुस कोरोना संक्रमणको दरमा चौथो स्थानमा छ । १२ लाख ९८ हजार ७ सय १८ जना कुल संक्रमित मध्य २२ हजार ५ सय ९७ जनाको मृृत्यु भएको छ भने १० लाख २० हजार ४ सय ४२ जना निको भएका छन् ।

पाचौं स्थानमा रहेको कोलम्वियामा ९ लाख ११ हजार ३ सय १६ संक्रमित छन् । कोलम्वियामा २७ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने ७ लाख ८९ हजार ७ सय ८७ जना निको भएका छन् ।

You might also like

Comments are closed.