कृषि विकास बैंक बगर शाखाले शुरु गर्यो लकर सेवा

पोखरा ।कृषि विकास बैंक बगर शाखाले लकर सेवा शुभारम्भ गरेको छ ।  वि.सं.२०२४ सालमा स्थापना भइ बैंकिङ क्षेत्रमा ‘क’ वर्गको बैंकमा स्थापति हुन सफल यस बैंकले बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा सुविधा ग्राहकलाई दिंदै आएको छ ।

कृषि विकास बैंक लिमिटेडका संचालक समितिका सदस्य हरि प्रसाद पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै बगर शाखामा रहेको यस बैंकले लकर सेवा शुभारम्भ गरेर ग्राहकको महत्वपूर्ण सामग्री र गरगहनाको सुरक्षा गर्ने बताए । बैंकले कृषिमा मात्र नभइ अन्य व्यवसायीलाई समेत लगानी गर्दै आएको र सबैलाई बैंकिङ सेवा प्रदान गर्दै आएको उनले बताए ।

बैंकका कर्मचारी संगिता पहारीले बैंकको लकर सुविधाको बारेमा जानकारी दिएकी थिईन् । बैंकमा भएका १ सय ७५ लकर मध्ये १५ वटा लकर प्रयोगमा आएको बताईन् । अहिले बैंकमा ३ साइजको लकर उपलब्ध भएको र ग्राहकलाई उक्त लकर ढुक्क भएर प्रयोग गर्न समेत उनले आग्रह गरिन् ।

footwear zone

बैंकका बगर शाखा कार्यालयका प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष मोति प्रसाद पौडेलले बैंकले सम्पूर्ण मापदण्ड पूरा गरि लकर सेवा संचालनमा ल्याएको र यसको गुणस्तर समेत कायम गर्ने बताए ।

उक्त कार्यक्रममा कृषि बिकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपाने, विश्व बास्तोला, लक्ष्मण पाठक लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.