कैलाश विकास बैंकको ५२ औँ शाखा

पोखरा, २१ जेठ ।

कैलाश विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा ५२ औँ शाखा स्थापना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राज कुमार न्यौपाने शाखाको उद्घाटन गरेका हुन् ।

यस शाखा सहित बैंकको शाखा संख्या ५२ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुसा जिल्लाको जनकपुर, नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।

footwear zone

राष्ट्रियस्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । हाल सम्म रु.२० अर्व ७२ करोड निक्षेप संकलन गरी रु.१९ अर्ब १५ करोड कर्जा प्रवाह गरेको बंैकले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.