कोभिड–१९ लक्षित भाइरस विरुद्ध तयार गरिएको डिसइन्फेक्सन ‘टोटल केयर’ बजारमा

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको विरुद्ध तयार पारिएको टोटल केयर नेपाली बजारमा आएको छ । एसआर बंशल ग्रुप अन्तर्गतको आरबि ब्रस इन्डष्ट्रिज प्रा.लि.ले यसलाई उत्पादन गरेको हो । टोटल केयरले मानव स्वास्थ्यलाई असर नगर्ने कम्पनीले जनाएको छ ।

मूलत कोभिड–१९ लाई लक्षित भाइरस विरुद्ध तयार गरिएको डिसइन्फेक्सन गर्ने पदार्थ टोटल केयर देशभरको बजारमा बिक्री भइरहेको कम्पनीका म्यानेजर घनश्याम गौतमले जानकारी दिए । ‘टोटल केयर यस्तो बस्तु हो, प्रयोगविधिको निर्देशन अनुसारको कम्पोजिसन प्रयोग गर्दा मासु, फलफुल लगायतका बस्तुहरु, अस्पताल, स्कुल, कलेज, सार्वजनिक स्थानलाई भाइरस रहित बनाउन प्रयोग गरिन्छ,’ उनले भने, ‘यसको प्रभावकारिताका बारेमा डब्लुएचओ, नेपाल सरकार लगायत स्वास्थ्य संगठनहरुले प्रमाणित गरिसकेको छ । टोटल केयर बिना साइडइफेक्ट भाइरस निस्क्रिय गर्ने बस्तु हो ।’

सुरुवाती दिनमा टुथ ब्रसबाट उत्पादन सुरु गरेको यो ग्रुपले बिगत २६ वर्षदेखि जनस्वास्थ्यसँग सम्बन्धित बस्तुहरु उत्पादन गर्छ । नयाँ नयाँ उत्पादन बजारमा ल्याउने यस कम्पनीले स्तरीय बस्तु र प्रभावकारितामा ध्यान दिने गरेको गौतम बताउँछन् । हाल ५ सय एम.एल. र ५ हजार एम.एल.को प्याकमा बजारमा टोटल केयर उपलब्ध छ । यसको उपभोक्ता मूल्य ९ सय ५० र ३ हजार ८ सय रुपैयाँ रहेको छ ।

footwear zone

पोखरा क्षेत्रको डिलर बाबा होम डिपोट

टोटल केयरलाई पोखरा क्षेत्रमा बिक्री प्रवद्र्धन तथा बजारीकरण बाबा हार्डवयर एण्ड सेनिटरीवयर (बाबा होम डिपोट) बाबा कम्प्लेक्स न्युरोड पोखराले गरेको छ । मानव स्वास्थ्यलाई असर नगर्ने भएकाले टोटल केयर भाइरस नियन्त्रणका लागि उपयुक्त रहेको बाबा होम डिपोटका सञ्चालक दिलीपराज श्रेष्ठले बताए ।

प्रयोग बिधि

डिसइन्फेक्सन र सेनिटाइजका लागि एक लिटर पानीमा ३० एमएल टोटल केयर मिसाएर प्रयोग गर्न सकिन्छ । फलफुल, तरकारी, मासु जन्य पदार्थहरुका लागि एक लिटर पानीमा १० एमएल टोटल केयर मिसाई स्प्रे मेसिनको माध्यमबाट प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.