कोरोनालाई ख्यालठट्टा नसम्झन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणलाई ख्यालठट्टा नसम्झन आग्रह गरेको छ । शहर बजार तथा घना बस्ती भएका स्थानमा कोरोना संक्रमण बढिरहेको तथ्याङकले देखाउँछ ।

शहर बजार तथा घनावस्ती भएका स्थानमा भिडभाड तथा आवत जावत भईरहने र स्वास्थ्य सुरक्षामा मापदण्ड पालना नगरेमा संक्रमणको दर अझै बढ्ने स्वास्थ्य मनत्रालयका प्रवक्ता डाक्टर जाश्वर गौतम बताउछन् ।

सुरक्षा मापदण्ड पुरा गर्न र अनावश्यक हिडडुल नगर्न पनि उनले आग्रह गरेका छन् ।साथै जहा छौं त्यही चाडपर्व मनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

footwear zone

बालबालिका, दिर्घरोगी तथा वृद्ध वृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तीमा धेरै जोखिम हुने हुँदा बिशेष ध्यान दिन डाक्टर गौतमको आग्रह छ ।

You might also like

Comments are closed.