को होला अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशक, कुलमान कि विकल्पमा अरु कोही ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । नेपाललाई लोडसेडिङ मुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका घिसिङलाई पुनः दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गर्नुपर्छ भन्ने जनदवाव छ ।

यस अगाडि बसेको मन्त्रीपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कसैलाई पनि नियुक्त गर्न सकेन । कार्यकाल सकेर घर फर्किसकेका घिसिङ पुनः विद्युत प्राधिकरणको नेतृत्वमा फर्कन्छन् कि उनको विकल्पमा त्यो कुर्चीमा अरु कोही व्यक्ति आउँछन् ? यसको उत्तर सम्भवत आज बस्ने मन्त्रीपरिषद बैठकले नै दिनेछ । यद्यपि घिसिङको पक्षमा जनदबाब रहेकाले पनि सरकारले उनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना बढी नै छ ।

घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेका घिसिङ कार्यकाल भरी सधैं चर्चामा रहे । नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानको नेतृत्वसमेत उनैले गरे । घिरिङकै नेतृत्वमा अहिले राजधानी काठमाडौंमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने कामसमेत भयो ।

You might also like

Comments are closed.