क्यान इन्फोटेकमा टाइपिङ र क्विज प्रतियोगिता

पोखरा, २६ माघ । क्यान कास्कीले आयोजना गरेको क्यान इन्फोटेकको अवसरमा प्रदेश स्तरीय खुल्ला टाइपिङ प्रतियोगिता र कलेज स्तरीय आइटी क्विज प्रतियोगिता आयोजना गरिएको छ । पहिलो चरणमा जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट भएकाहरुलाई प्रदेशस्तरमा समावेश गरिने कार्यक्रम संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए ।

टाइपिङको अन्तिम प्रतिस्पर्धा फागुन ४ देखि ८ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेकमा सञ्चालन गरिनेछ । कलेज स्तरीय आइटी क्विजमा करिब २० वटा कलेजले प्रतिस्पर्धा गर्ने क्विज प्रतियोगिताका संयोजक घननाथ सापकोटाले जानकारी दिए । दुवै प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीयलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाइमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् ।

footwear zone

बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको सहसचिव सेवक क्षितिजले जानकारी दिए ।

You might also like

Comments are closed.