खत्रि बने ब्राण्ड एम्बेस्डर

 

जेष्ठ २८,पोखरा

पोखराका क्रिकेटर दिपेश खत्रिलाई भारतको भ्यालियन्ट क्रिकेटले नेपालका लागि ब्राण्ड एम्बेस्डर बनाएको छ । अब भ्यालियन्टले खत्रिद्धारा हस्क्षरित ब्याट नेपालमा विक्री गर्नेछ ।

footwear zone

आज पोखरामा आयोजित एक समारोहका विच पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश खत्रि, भ्यालियण्ट क्रिकेटका विपुल नारिगारा, पोखरा उद्योग बाणिज्य संघका पूर्व उपमहासचिव हिरा भट्टराई लगायतले एक समारोहका विच उक्त व्याटको लन्च गरे ।

ब्राण्ड एम्बेस्डर बने वापत खत्रिले कति पारिश्रमिक पाउने भन्ने बारे भने खुलाइएन । क्रिकेटर खत्रिले भ्यालियण्ट क्रिकेट कम्पनीले आफुलाई ब्राण्ड एम्बेस्डरमा चयन गरेकोमा खुसि व्यक्त गरे । यसले खेलाडीहरुमा व्यवसायिकता ल्याउन सक्ने भन्दै कम्पनीलाई धन्यवाद ज्ञापन गरे । साथै अन्य कम्पनीहरुलाई पनि आफ्नों उत्पादनको ब्राण्ड एम्बासेडरमा खेलाडीहरुलाई चयन गर्न आग्रह गरे ।

You might also like

Comments are closed.