खलंगासहित ३ ठाउँमा गण्डकी विकास बैंकका शाखा विस्तार

आर्थिक आवाज
पोखरा । गण्डकी विकास बैंक लिमिटेडले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चन्दननाथ न.पा.वडा नं. ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गरेको छ । पोखराको बाझापाटन र काठमाण्डौको मैतिदेवि शाखाबाट पनि वित्तीय कारोवारको शुभारम्भ भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । देशका विभिन्न जिल्लामा गरी बैंकको शाखा ९१ वटा पुगेको उनले बताए ।

जुम्ला शाखाको औपचारिक उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाँले संयुक्त रुपमा रिवन काटेर गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकाय, समाजसेवी तथा पूर्व बैंकर खुमीलाल रोकाय, जिल्ला सहकारी संघका प्रतिनिधि हिक्मत बुढथापा लगायत स्थानीय वासिन्दाहरुको उल्लेख्य सहभागिता थियो ।

footwear zone

You might also like

Comments are closed.