पोखरा । गण्डकी प्रदेशमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या
४ हजार ९ सय ७१ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप १२६ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका २९ जना, तनहुंका २६ जना, लमजुङका २ जना, स्याङ्जाका १ जना र बागलुङका ७ जना, नवलपरासी पुर्वका ६१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।








Comments are closed.