गण्डकी विकास बैंकको शाखा कोहलपुरमा

पोखरा, २३ मंसिर ।

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा संचालन गरेको छ । प्रकोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन गरेका हुन् । बैंकले कोहलपुरमा शाखा शुरु गरेकोमा खुसी व्यक्त गर्दै बैंक ग्रामिण क्षेत्रका जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना व्यक्त गरे । बैंकका सञ्चालक कृष्ण बहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायण प्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष  कर्ण बहादुर थापा, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराएका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस,एटिएम,सिआश्वा,आईपिएस, मोवाईल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

footwear zone

बैंकले आ.व. २०७५÷७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

You might also like

Comments are closed.