गरिमा र गण्डकी बैंक बीच गरिमा रेमिट सञ्चालन सम्झौता

 

पोखरा, १५ जेठ ।

गरिमा विकास बैंक र गण्डकी विकास बैंक बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । मंगलबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र गण्डकी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

footwear zone

सम्झौता पश्चात हाल देशभर रहेका गण्डकी विकास बैंकका ५९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले बताए ।

You might also like

Comments are closed.