गाउँमै स्वास्थ्य सेवा लिन पाउँदा अन्नपूर्णका स्थानीय दङग, क्यान्सरबारे फैलाइयो सचेतना

आर्थिक आवाज
पोखरा ५ माघ । अन्नपूर्ण गाउँपालिकास्थित नागडाडा स्वास्थ्य चौकी ढिकुरपोखरीमा बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजना र ढिकुरपोखरी समाज पोखरा, थाहा फाउण्डेशन पोखरा तथा लायन्स क्लब अफ गण्डकी दोभानको व्यवस्थापन संयोजनमा सम्पन्न स्वास्थ्य शिविरको उद्घाटन लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर अशोककुमार श्रेष्ठले गरे । उक्त अवसरमा बोल्दै श्रेष्ठले स्वास्थ्य क्षेत्रमा लायन्सले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।

बि.पी. मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोग रहेको कार्यक्रममा ४ सय १५ जनाको स्वास्थ्य परीक्षण भएको अन्नपूर्ण लायन्स क्लब अफ गण्डकी दोभान लक्ष्मी कुँवरले जानकारी दिइन् । शिविरमा महिलाहरुमा हुने स्तन तथा पाठघरको क्यान्सर र पुरुषहरुमा देखिने मुख, घाटी तथा स्तन क्यान्सरको जाच गरिएको थियो ।

दूई दिनसम्म सञ्चालन गरिएको बृहद स्वास्थ्य शिविरमा माघ १ गते अन्नपूर्ण गाउँ पालिकाको लुम्लेमा ३ सय २ जना र ४ गते नागडाडामा ४ सय १५ जनाको क्यान्सर सम्बन्धि विभिन्न परीक्षण गरिएको थाहा फाउण्डेशनका अध्यक्ष सरस्वती दाहाल अधिकारीले जानकारी दिइन् । क्यान्सर रोगबारे सचेतना समेत गराइएको उनले बताइन् । कार्यक्रम निकै प्रभावकारी भएको अन्नपूर्ण गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।

footwear zone

सो अबसरमा ढिकुरपोखरी समाज पोखराका अध्यक्ष विष्णु अधिकारी, लायन्स क्लब अफ गण्डकी दोभानका अध्यक्ष लक्ष्मी कुवँर, बि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डाक्टर किशोर कुमार प्रधानाङग, ढिकुरपोखरी समाजका उपाध्यक्ष बाबुराम भण्डारी, सचिव सोमनाथ पौडेल, लायन्स क्लब अफ गण्डकी दोभानका कार्यक्रम जोर्जिया भुर्तेल लगायतले बोलेका थिए । स्वास्थ्य शिविरमा भरतपुर क्यान्सर अस्पतालका डाक्टरहरु किशोर कुमार प्रधानाङ्ग, डा.सुमन खनाल, अयोध्या पाठक, मञ्जु शर्मा, तारा दवाढी र बिमला श्रेष्ठको टिमले सेवा प्रदान गरेको थियो ।

You might also like

Comments are closed.