घटनाको यथासिघ्र छानबिन गर्न माग

पोखरा, १२ भदौ

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ की १३ वर्षीया बालिका पुष्पा केसी मृत अवस्थामा फेला परेको घटनाप्रति महानगरका प्रमुख मनबहादुर जिसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रमुख जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विद्यालयबाट घर फर्किदाँ गत बिहीबार बाटैबाट बेपत्ता भई भोलिपल्ट भदौ ८ गते मृत अवस्थामा बालिका फेला परेको घटनाले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् । ‘परिवारजनमा परेको यो असह्य पीडाप्रति समवेदना प्रकट गर्दछु ।,’प्रमुख  जिसीको विज्ञप्तिमा भनिएको छ ।

footwear zone

बालिका दिन दहाडै बेपत्ता भई मृत अवस्थामा फेला पर्नुले सुरक्षा चुनौती बढाएको महसुस भएकाले यसप्रति सम्बन्धित निकायको प्रमुख जिसीले विज्ञप्तिमाफत् ध्यानाकर्षण गराएका छन् । पुष्पा केसी मृत्यु प्रकरणको यथासिघ्र सत्य तथ्य छानबिन गरी जनसमक्ष ल्याइ, यदी घटनामा कोेही संलग्न भएको पाइएमा दोषीलाई कडा कारबाही गर्न विज्ञप्तिमा प्रमुख जिसीले जोडदार माग गरेका छन् ।

You might also like

Comments are closed.