चिनिया टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा । चिनिया मेडिकल टोलीले पोखरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । चीनको होवे प्रान्तको होवे मेडिकल युनिभर्सिटीका विशेषज्ञ चिकित्सकसहितको १७ जनाको टोलीले पोखरामा निःशुल्क श्वास्थ्य जाँच गरेका हुन् । चिन सरकारको सहयोगमा विशेषज्ञ चिकित्सकसहित औषधी लिएर आएको टोलीले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल परिसरमा हेल्थ क्याम्प (श्वास्थ्य शिविर) आयोजना गरेर विमानस्थलमा कार्यरत कर्मचारीदेखि स्थानियसम्मलाई श्वास्थ्य सेवा उपलब्ध गराएका हुन् । विहीबारदेखि शुरु भएको शिविर शुक्रबारपनि सञ्चालन हुने जनाइएको छ ।

नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्दै आएका १७ जना चिनिया चिकित्सकहरुको टोलीले नाक, कान, घाँटी, थाइराइड, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच गर्नुका साथै चिनिया परम्परागत उपचार पद्धतीबाट चेकजाँच गरेका थिए ।

टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधी सेवन गर्नुपर्ने या ठुलो अप्रेसन नै गर्नुपर्ने विरामीलाई अन्य अस्पतालहरुमा जान सल्लाह समेत दिएको टोलीका संयोजक डाक्टर लिउ लिउले जानकारी दिए ।

footwear zone

शिविर सञ्चालन गर्न नेपालमा पाँचौं पटक आएको यो टोलीले पोखरामा भने दोश्रोपटक शिविर सञ्चालन गरेको हो । अघिल्लो वर्षपनि यो टोलीले शिविर सञ्चालन गरेको थियो । धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले शिविर संचालन गरेको लिउले बताए ।

You might also like

Comments are closed.