जनता बैंकद्वारा आर्थिक सहयोग प्रदान

 

पोखरा, २५ बैशाख

जनता बैंक पोखरा क्षेत्रीय कार्यालयले प्रस्याङ टोलबिकाश संस्था तथा प्रस्याङ रातामाटा आमा समुहको सयुक्त भबन निर्माण कार्यमा सहयोग स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

footwear zone

संयुक्त भबन निर्माण समितीका अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जनता बैंक लिमिटेड पोखरा क्षेत्रीय कार्यालय प्रमुख मदन कुमार मुल्मि तथा जनता बैंक पोखरा शाखाका प्रबन्धक अरुण रानाभाटले आमा समुहका अध्यक्ष पबित्रा शर्मा र भबन निर्माण समितीका अध्यक्ष डिल्लीराम भट्टराईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख मुल्मीले सामाजिक उत्तरदायित्व अन्तर्गतसहयोग गर्न पाउदा खुशि लागेको बताउदै आगामी दिनहरूमा पनि यसैगरी सहयोग गर्ने बताए ।

कार्यक्रममा समाजसेवी बेदनिधि शर्मा, सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रबिन्द्र माकाजु , निर्माण समिती पदाधिकारी, आमा समुहका पदाधिकारीहरु , प्रस्याङ टोलबिकाश सस्थाका सल्लाहकार लेखनाथ सोती, टेकराज तिमिल्सिना, भोजराज पौडेल, महेन्द्र दाहाल, लेखनाथ पौड्याल निर्माण समिती कोषाध्यक्ष खिम कार्की आमा समुहका पुर्ब अध्यक्ष गोमा सोती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सस्थाका सचिब बिष्णु अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.