जनता बैंक नेपाल लि. र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लि. बिच बैंकासुरेन्स सेबा सम्झौता

पोखरा, २५ असार ।

जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेड बिच सोमवार बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्झौता गरिएको हो ।

footwear zone

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ इकाई, २ सिमित्त बैंकिङ इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.