जनसेवी लघुबित्त संस्थाको सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न

पोखरा, १ असार

पर्बत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २० वटा शाखा कार्यालयहरु मार्फत लघुबित्त कार्यव्रmम विस्तार गर्न सफल जनसेवी लघुबित्त बित्तीय संस्था लि.ले संचालक समितिका पदाधिकारीहरुका लागि संचालक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रमको उद्घाटन प्रशिक्षक नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा प्रवक्ता भाष्करमणी ज्ञवालीले गरेका थिए ।

यहि जेठ ३० गते सम्पन्न यस तालिमको प्रशिक्षकका रुपमा रहनू भएका नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा प्रवक्ता भाष्करमणी ज्ञवालीले तालिममा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन नियम, एकिकृत निर्देशिका, संस्थागत सूशासनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुका साथै संचालक समितिका पदाधिकारीहरुको काम कर्तव्य तथा अधिकारका वारे प्रशिक्षण दिएको संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

footwear zone

कार्यक्रममा संस्थाका प्रमूख कार्यकारी अधिकृत खत्रीले संचालक समितिका पदाधिकारीहरुका लागि नेपाल राष्ट्र बैंंकद्घारा अनिवार्य गरिएको यस किसिमको तालिम कार्यक्रमको आवश्यकता र महत्ववारे स्पष्ट पारेका थिए ।

संस्थाका संचालक समितिका अध्यक्ष विकास गौचनकोे अध्यक्षता सम्पन्न उद्घाटन सत्र कार्यक्रमको संचालन नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए ।

You might also like

Comments are closed.