जाल्पा लघुवित्त वित्तीय संस्था दोस्रो वर्षमा प्रवेश

मर्जर पश्चात राष्ट्रिय स्तरको संस्था बन्ने

पोखरा । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड पोखरा स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको छ । संस्थाले शनिबार पहिलो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट २०५९ सालमा वित्तीय मध्यस्थकर्ताको कार्य गर्नेगरी स्वीकृति लिएर स्थापना भएको सृजना विकास केन्द्र, सृजना बैंकिङ कार्यक्रम रुपान्तरित भइ जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । बैंक बनेको एक वर्षको अवधिमा धेरै सेवाग्राहीको विश्वास जित्न सफल रहेको प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले बताए ।

संस्थाले गण्डकी प्रदेशका ६ जिल्लामा ३० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । ‘हालसंस्था मर्जरको प्रक्रियामा रहेको र मर्जर पश्चात राष्ट्रिय स्तरको सबल एवं सक्षम लघुवित्त वित्तीय संस्था बनी देशका अन्य ग्रामीण एवं दुर्गम क्षेत्रहरुमा समेत कार्यक्रम विस्तार गरी गु्णस्तरीय तथा दीगो लघुवित्त सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ आचार्यले भने ।

footwear zone

आगामी दिनहरुमा राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनी थप विपन्न वर्गलाई ग्राहकमैत्री लघुवित्त सेवाप्रदान गर्ने वित्तीय संस्थाको उद्देश्य रहेको अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

You might also like

Comments are closed.