ज्योति विकास बैंक लिमिटेडको शाखा मोरङको खोर्सानेमा

पोखरा, २५ असार ।

ज्योति विकास बैंक लि. ले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको शाखाको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक श्री छत्रमान श्रेष्ठले सोमवार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउदैै बैंकको प्रगतिको कमना गरे । बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको बताउदैै बैंक मार्पmत कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।

footwear zone

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने ३ वटा नयाँ शाखा तथा ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको प्रमुख कार्याकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

You might also like

Comments are closed.