टिभिएस स्पोर्टस अवार्ड बिजेता भण्डारी र प्रशिक्षक घिमिरेलाई सम्मान

पोखरा, १९ जेठ ।
तेस्रो टिभिएस अपाचे पोखरा स्र्पोट्स अवार्ड २०७४ का वर्ष पुरुष उत्कृष्ट खेलाडी शारिरिक सुगठनका कमल भण्डारी र प्रशिक्षक जिवन घिमिरेलाई शनिबार दुई छुट्टा–छुट्टै कार्यक्रममा सम्मान गरिएको छ ।

शारिरिक सुगठन खेलको बिकास र प्रवद्र्धनमा लागेको बुल्स म्यान क्लबले भण्डारी र घिमिरेलाई सम्मान गर्दै अवार्डले सम्पूर्ण खेलाडीलाई उत्साहित र उर्जावान भएको बताएको छ । संस्थाका अध्यक्ष नुना गुरुङले खेल पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा आफ्ना खेलाडी र प्रशिक्षक सम्मानित हुन पाउँदा उर्जा मिलेको बताए ।

सो अबसरमा क्लबका संरक्षक एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ लगायतका पदाधिकारी, सदस्य र शारिरिक सुगठनका खेलाडीले उनीहरुलाई खादा अविर लगाएर सम्मान गरेका थिए ।

footwear zone

यसै गरि कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले समेत उनीहरुलाई शनिबार नै एक कार्यक्रमका बिच सम्मान गरेको छ । तेस्रो टिभिएस अपाचे पोखरा स्र्पोट्स अवार्ड २०७४ का बिजेत भण्डारी र प्रशिक्षक घिमिरेलाई संघका तर्फ बाट मायाको चिनो, खादा र अविर द्वारा सम्मान गरिएको थियो । सो अबसरमा संघका अध्यक्ष राजु कुमार थापा लगाएत संघका पदाधिकारी र सदस्यहरुले उनीहरुलाई बधाई दिएका थिए ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेस्रो टिभिएस अपाचे पोखरा स्र्पोट्स अवार्ड २०७४ का अबसरमा वर्ष पुरुष उत्कृष्ट खेलाडीका रुपमा शारिरिक सुगठनका भण्डारीले अपाचे मोटरसाइकल प्राप्त गरेका थिए भने प्रशिक्षक घिमिरेले नगद १५ हजार प्राप्त गरेका थिए ।

You might also like

Comments are closed.