टीका रिसोर्ट स्विट्स एण्ड स्पालाई ट्राभलर्स च्वाइस अवार्ड

पोखरा । पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको टीका रिसोर्ट स्विट्स एण्ड स्पाले ट्राभलर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । विश्व प्र्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले टीका रिसोर्टलाई सन् २०२० का लागि उक्त अवार्ड प्रदान गरेको हो ।

रिसोर्ट २०७४ देखि सञ्चालनमा छ । रिसोर्टमा ६५ वटा कोठा रहेको अध्यक्ष टीका पौडेलले जानकारी दिए । ‘होटलमा सबै कोठा लक्जरियस तथा फराकिला छन्,’ उनले भने । रिसोर्टमा करिब ४ सय जना अट्ने सेमिनार हल र सानो २ वटा हल छन् । एकपटकमा १ सय ५० जनालाई खाना खुवाउन सकिने रेष्टुरेन्टको सुविधा छ । रिसोर्टमा स्पाको सुविधा पनि छ ।

footwear zone

आधुनिक तथा परम्परागत शैली दुवैलाई झल्काउने गरी रिसोर्ट तयार गरिएको पौडेल बताउँछन् । ‘कलात्मक डिजाइनमा रिसोर्ट निर्माण गरिएकाले धेरैको रोजाईमा परेको छ,’ उनले भने, ‘विश्वका उत्कृष्ट होलटहरुको श्रेणीमा पर्न पाउनु हाम्रा लागि गौरवको कुरा होे ।’

रिसोर्टले स्तरीय सेवा सुविधाका साथै फरक शैलीमा भिन्न तरिकाले ग्राहकलाई आतिथ्यता प्रदान गरेकाले यो अवार्ड पाउन सफल भएको बताउँछिन् सञ्चालक संगीता पौडेल । ‘यहाँका कर्मचारीहरुको लगनशीलता तथा ग्राहकहरुको मायाप्रति हामीहरु आभारी छौं,’ उनले भनिन् । टीका रिसोर्टलाई आगामी दिनमा ब्र्राण्डका रुपमा स्थापित गरी हस्पिटालिटी क्षेत्रमा थप लगानी विस्तार गर्ने सोच रहेको अध्यक्ष पौडेलले बताए ।

You might also like

Comments are closed.