ठुलीबेंशी फाँटमा विउ आलु उत्पादन शुरु

पोखरा ११ मसिंर ।

पोखरा महानगर पालिका १६ ठुलीबेंशी फाँटको सेरामा जनकदेव जातको विँउ आलु उत्पादन कार्य शुरु भएको छ ।

महेन्द्र गुफा कृषक समुहमा आवद्ध ३२ जना कृषकले ५ रोपनी जग्गामा २ सय ५५ किलो विउ आलु रोपेका हुन । कास्कीलाई आलुको बिँउमा निर्भर बनाउने उद्धेश्यले समुहले पहिलो पटक विउ आलु उत्पादन शुरु गरेको समुहका अध्यक्ष निर्मला बस्नेतले जानकारी दिईन् । बिउ उत्पादन कार्यको शुभारम्भ गर्दै वडाध्यक्ष जीवनप्रसाद आचार्यले नयाँ पुस्ता कृषिमा आर्कषित भएकोमा खुशी व्यक्त गर्दै राज्यले कृषिलाई पहिलो प्राथामिकतामा राखेको बताए ।

footwear zone

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कृषि खेतीका लागि कृषकसँग सहकार्य गर्न महानगर तयार रहेको बताए ।कृषिविज्ञ वेनी ब. बस्नेतले जुनसुकै विउ उत्पादन गर्दा पनि हेलचक्रयाई नगर्न सुझाव दिए । समुहका अध्यक्ष निर्मला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक पुष्पा नेपाली,कृषि सञ्जालका अध्यक्ष जीत ब. बस्नेत,प्रगतिशील कृषक समुहका अध्यक्ष चन्द्रा देवकोटा,कृषक ज्योती बस्नेत, मनु बस्नेत लगायतले कृषि क्षेत्रको विकासले मात्र देश समृद्ध बन्ने बताए ।

विउ आलु उत्पादनका लागि समुहलाई वडा कार्यालयले ४० हजार आर्थिक अनुदान दिएको छ ।

You might also like

Comments are closed.