तेश्रो माउण्ट अन्नपूर्ण यू–१४ ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, २७ माघ ।

पोखराको पहिलो निजी विद्यालय माउण्ट अन्नपूण मा.वि.नदिपुर द्व्रारा आयोजित तेस्रो यू–१४ अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता शनिबार बाट विद्यालय प्राङ्गणमा सुरु भएको छ ।

शनिवार भएको छात्र तर्फ उद्घाटन खेलमा न्यू ग्यालेक्सी मा वि ले लिट्ल स्टेप मा.वि.लाई १२–१० गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि छात्र तर्फकै खेलमा आयोजक माउन्ट अन्नपूर्ण मा.वि.(ए) ले गण्डकी बोर्डिङ स्कुललाई ८–४ ले, जनप्रिय मा.वी.ले श्रृजना मा.वि.लाई ११–३ ले, लिट्ल स्टेप मा.वि.ले माउन्ट अन्नपूर्ण मा.वि. (बि) लाई १८–१३ ले, माउन्ट अन्नपूर्ण मा.वि. (ए) ले बाल प्रभात मा. वि.लाई २१–६ गोल अन्तरले पराजित गरेको छ । छात्र तर्फको खेलमा श्रृजना मा.वी.र वेल नन मा.वि.विचको खेल ६—६ गोल अन्तरमा सकिएको छ भने न्यू ग्यालेक्सीले माउन्ट अन्नपुर्ण (बि) लाई ७–६ गोल अन्तरले पराजित गरेको छ ।

footwear zone

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजुले आप्mनो वडा भित्र माउन्ट अन्नपूर्ण मावीले पठन पाठनमा मात्र नभइ विद्यार्थीको चौतर्फी विकासका लागि आवस्यक अतिरिक्त कृयाकलापमा समेत उत्तिकै ध्यान दिएको भन्दै प्रशंसा गरे । उनले स्वच्छ र स्वस्थ्य वडा नं.३ बनाउने आप्mनो अभियानमा विद्यालय संग सहकार्य गर्न आफु इच्छुक रहेको समेत बताए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले खेलमा हार जित भन्दा पनि सहभागिता र स्वच्छ खेल पर्दशन गर्नु महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन सिमितिका अध्यक्ष चिजकाजी गुरुङ्ग र प्रतियोगिताका संयोजक गिरी प्रसाद गुरुङ्गले विद्यालयमा खेलको महत्व बारे प्रष्टाएका थिए । प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालय तर्फ छात्र १२ र छात्रा १० गरी कुल २२ टिम सहभागी भएका छन । प्रतियोगिता माघ २७ देखि फागुण १ गते सम्म संचालन हुने छ ।

You might also like

Comments are closed.