काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ ।पछिल्लो २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म ११ लाख ९१ हजार ५ सय १४ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७७ हजार २ सय ७७ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.