धार्मिक पर्यटन प्रवद्र्धन गर्न सिमलचौर दुर्गा पुजनोत्सव

आर्थिक आवाज
पोखरा । पोखरा–८ सिमलचौरमा विजया दशमीको अवसरमा नव दुर्गा पुजनोत्सव एंव शतचण्डी महायज्ञ हुने भएको छ । असोज १२ गते घटस्थापनादेखि २१ गते नवमीसम्म दैनिक रुपमा देवी पूजा, महाआरती, कथा प्रवचन, भजन कृतन, भगवती दर्शन राखिएको आयोजक संस्था वैदिक सनातन कर्मकाण्ड कार्यक्रमको पूर्व सन्ध्यामा १२ गते कलश यात्रा सहित घटस्थापना र देवी प्रतिष्ठा गरिने भएको छ ।

कार्यक्रमको माध्यमले वैदिक नियम पूजा व्यवस्थापन, धार्मिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि देवी शक्तिपिठ जाल्पादेवीको समीपमा हुने कार्यक्रमले आन्तरिक पर्यटन भ्रमण वर्ष २०२० सफलतालाई महत्व दिने वडा अध्यक्ष रुद्र नाथ बरालले बताए । ‘धार्मिक पर्यटन प्रवद्र्धनमा यो महोत्सवले योगदान पु¥याउनेछ,’ उनले भने ।

स्थानीय रुपमा जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, जाल्पादेवी महिला उद्धार समूह सह–आयोजक तथा स्थानीय रुपमा विभिन्न टोल, महिला संस्थाको संयूक्त आयोजनामा हुने कार्यक्रमको महायज्ञले धार्मिक, सामाजिक सद्भाव र परम्पराको महत्व बढाउन महत्वपूर्ण रहने उद्देश्य रहेको प्रचार–प्रसार संयोजक कृष्ण थापाले बताए ।

footwear zone

कार्यक्रमको तयारीका लागि भएको बृहत्तर भेलामा गठित समिति, उप–समितिको संयूक्त भेलाले सबैको सहयोग सहभागिता आवश्यकता रहेको बताए ।

आयोजक समितिका अध्यक्ष वासुदेव चालिसेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य कृष्ण मान ठुसाजू, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका उपाध्यक्ष विश्व कुमार विजुक्छे, सृजना विकास केन्द्रका अध्यक्ष मीन प्रसाद भट्टराई, जाल्पादेवी महिला उद्धार समूहका अध्यक्ष कान्ति अधिकारी, प्रचारप्रसार संयोजक कृष्ण थापा, सामाजिक सरसफाई अभियान्ता बलराम बराल लगायतले आ–आफनो धारणा राखेका थिए ।

You might also like

Comments are closed.