नेपालमा २४ घण्टामा १७३६ कोरोना संक्रमित संक्रमणमुक्त, ९७९ थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३० हजार ६ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

सोमबार काठमाडौंमा २९३ , ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.