नेपाली मौलिक परम्पराअनुशार तिज मनाउन सांसद गुरुङको आग्रह

पोखरा २०, भदौं

गण्डकी प्रदेशका सांसद मीना गुरुङले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाइ नेपाली मौलिक परम्परा अनुसार नै मनाउन आग्रह गरेकी छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार पोखरामा आयोजना गरेको हरितालिका तिज उत्सवको उद्घाटन गर्दै पछिल्लो समयमा तिज पर्वमा  मौलिकपन गुम्न लागेकोमा चिन्त्ता व्यक्त गर्दै नेपाली मौलिक परम्परा अनुसार तिज पर्वलाई मनाउन आग्रह गरेकी हुन् ।

पत्रकारिता पेशा आफुलाई समेत मन पर्ने गरेको बताउदै उनले पत्रकारितामा राजनीति र जातिय विभेद अन्त्य हुनुपर्नेमा जोड दिईन । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस स्वतन्त्रताका सेनानी नारायण भट्टराई, महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, उपाध्यक्ष शान्ति गुरुङ, डव्लु डव्लु जेका अध्यक्ष सरिता तिमिल्सिना महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले वोलेका थिए ।

footwear zone

यसैबिच, तिज उत्सवमा आयोजना भएको उत्कृष्ट नृत्यमा कविता श्रेष्ठ घोषित भईन् । त्यसै गरी दोश्रोमा एलिजा क्षेत्री, तेश्रोमा तारा चापागाई, सान्त्वनामा द्धय विनिता सुनार र सरिता तिमिल्सिना घोषित भएकाछन् । त्यस्तै कुर्चि रेस प्रतियोगितामा कन्चन थापा विजेता भईन् ।

You might also like

Comments are closed.